आयुर्वेद चिकित्साप्रति बढ्दो जनप्रभाव

159
  •  
  •  
  •  

आयुर्वेद मानव जीवनका सबै पाटा जोडिएको ग्रन्थ हो । आयुर्वेदको इतिहास यकिनका साथ भन्न गाह्रो छ । किनकि यो मानव जीवन उत्पति कालदेखि नै अस्तित्वमा छ ।

यसको शिक्षा एवं व्यवहारमा प्रयोग गुरु–शिष्य परम्परबाट हुन्थ्यो । तर लिखित रुपमा यसको प्रमाण ४०००-५००० सालदेखि भेटिन्छ । यो संस्कृत शब्द हो । यो शब्द आयुस र वेदको समास भएर बनेको छ । आयुस भनेको आयु र वेद भनेको शास्त्र । आयुर्वेदको अर्थ आयुको प्रक्रिया (जन्मदेखि मृत्युको प्रक्रिया) को शास्त्र भन्ने हुन्छ ।

डीबी बुढा

आयु प्रतिक्षण नाश भै रहन्छ । त्यसैले मानवको आयुलाई कसरी जोगाउने, आयु कसरी लामो बनाउने, मान्छेको आयु रहुन्जेल कसरी स्वस्थ्य रहने, स्वस्थ्य रहन के सदाचार गर्नेर रोग लागिसकेपछि के गर्ने (आहार–विहार एवं औषधि को कसरी प्रयोग गर्ने)भन्ने विषयको समग्र ज्ञान हो आयुर्वेद । समग्रमा आयुर्वेद रचनात्मक र गुणात्मक जीवनशैलीको शास्त्र हो ।

रचनात्मक रगुणात्मक जीवनशैली नियमित आहार (खानपिन), विहार(क्रियाकलाप), र विचारले निरधारण गर्छ । आयुर्वेदमा वर्णन गरिएका नियमहरुको निष्ठापूर्वक पालनाले मानवस्वस्थ रहन सक्छ र अवहेलनाले रोगी हुन्छ । रोग लागिसकेपछि रोग अनुसारको आहार–विहार र औषधिको वर्णन छ आयुर्वेदमा । जुन हाम्रो परम्परागत संस्कृतिले नै बोकेर आएको छ ।

प्रकृतिको बरदानको रुपमा रहेको नेपालको अधिकांश भाग हिमाल, पहाडले ढाकेको छ । त्यहाँ पाईने सबै वनस्पति जडीबुटी हुन् । उच्च हिमाली क्षेत्रमा बाह्रै महिना हिउँ पर्छ जहॉको जडिबुटी मात्र होइन माटो र पानी पनि औषधि मानिन्छ । त्यसैले होला केहि वर्ष अघि ग्रामिण क्षेत्रमा हैजा, मलेरिया, जन्डीस जस्ता रोगले महामारीको रुपलिरहेको थियो त्यतिखेर धेरै जसो मानिसहरुले गाउँ छोडेर उच्च हिमालको क्षेत्र वनजंगल र एकान्तमा गई बसोबास गरेको पाइन्छ ।

आयुर्वेको केन्द्र भूमिको रुपमा भारत वर्षका अधिकांश ऋषि महर्षि तपस्या गरेको तपोभूमी हो नेपाल ।  आफ्नो संस्कृति विर्सिएर अरुको संस्कृतिलाई पछायौँ तर आजको युगमा आइपुग्दा आयुर्वेदमा भारतको नाम जोडिएर आउँछ । पश्चिमा देशहरुले अविकसित र गरिबीको रुपमा रहेको नेपाल विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरसबाट किन कम प्रभावित छ ।

तिनीहरुमा संक्रमण किन त्यति छिटो फैलिएन भनेर खोजी वा आँकलन गदै गर्दा यसको मुख्य कारण अर्गानिक खानपिन, एलोप्याथी औषधिको कम भन्दा कम प्रयोग र परम्परागत रुपमा रहेको आयुर्वेद उपचार पद्धति रहेको ठम्याए । त्यसैले हाल विश्वमा नै आयुर्वेद चिकित्सा चर्चामा छ ।
आयुर्वेद मानव उत्पतिसँगै आएको ज्ञान हो । तर हामीसँग आइपुग्न हजाराँै हजार वर्ष मिसिएको छ । आयुर्वेदको एक प्रमुख विशेषता छ । जो १० हजार वर्ष अघि जे थियो अहिले पनि त्यही छ किनकि यो प्राकृतिक हो । तर एलोप्याथिक औषधि छोटो समयमै फेर बदल गरिन्छ किन कि त्यसले लामो समयसम्म काम गर्न छोड्छ ।

हामी नयाँ खोज गर्न भन्दा पुर्खाले आर्जेको ज्ञान पनि संरक्षणका लागी राज्य सरकार वा कसैले केहि पनि गर्न नसक्नु गर्न लाग्दा पनि विश्वास नमान्नुले गर्दा अझै अन्धभत्तामा रुमलिएका छौँ ।

हामी आफ्ना यस्ता संस्कृति छोडेर एलोप्याथिको भीडतिर लागीरहँदा आयुर्वेद सम्बन्धी सम्बन्धित विशेषज्ञ, डाक्टर, नर्स र अन्य सम्बन्धित व्यक्तिसँग आजभोलि आयुर्वेद औषधिप्रति सर्वसाधारणहरु किन आकर्षित भए ? बिरामीको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ भनि सोधखोज गर्दा एलोप्यातिक औषधि गर्दा गदै थाकि सकेका बिरामी वैकल्पिक उपचारकलागि, आर्थिक अभाव, आयुर्वेद सम्बन्धि राम्रो ज्ञान भएका र राम्रो सँग ठीक भई घर पुग्दा उनका छिमेकी सम्म राम्रो सन्देश पुगेकोले आयुर्वेद चिकित्साप्रति जनप्रभाव बढिरहेको पाइयो ।

म झन्डै दुई वर्षदेखि काठमाडौंस्थित नरदेवी आयुर्वेद चिकित्सालयमा आवद्ध छु । जुन एक शताब्दीभन्दा बढी वर्षदेखि सञ्चालनमा छ । पुस्ताैँदेखि उपचारमा संलग्न हुँदै आएको त्यस चिकित्सालयका इतिहासलाई हेर्दा पहिला पहिला काठमाडौं भित्रका र केहि फाटफुट काठमाडौंभन्दा बाहिरका बिरामी पनि उपचार गर्न आउने गर्दथे । त्यतिखेर भौतिक संरचनाको अभाव थियो । जसले गर्दा बिरामीको भिड थाम्नै गाह्रो हुन्थ्यो ।

पछि बिस्तारै एलोप्याथिक औषधिको प्रभाव बढ्न थालेपछि बिरामीको संख्या घट्दो क्रममा रह्यो । मानिसहरुले आयुर्वेद चिकित्साको खिल्ली उडाउन थाले । यतिमात्र होइन आयुर्वेद चिकित्सा फस्टाउन नदिने थुप्रै प्रयासहरु भए । तर हालसम्म पनि धेरैजसो आयुर्वेद औषधि भारतीय कम्पनि भित्रिएका छन् । नेपालमा थेरैमात्र औषधि कम्पनीहरु सञ्चालनमा छन् । यसले गर्दा स्वदेशी जडिबुटीबाट बनेको औषधि प्रयोग गर्दा आर्थिक विकास हुनुका साथै आत्म विश्वास पनि बढ्दै जान्छ भने अर्कोतिर आयुर्वेद सम्बन्धि विभिन्न तहमा अध्ययन–अनुसन्धान पनि बढ्दै गएको पाइन्छ ।
आयुर्वेद चिकित्सापद्धति बीज क्षेत्र न्यायमा आधारित चिकित्सा पद्धति हो । जसअनुसार निरोगी रहनु र रोगी हुनुमा प्रमुख कारण क्षेत्र अर्थात शरीर हुन्छ न कि बीज अर्थात ब्याक्टेरिया वा भाइरसहरु किनकी बीज (ब्याक्टेरिया वा भाइरसहरु)जति बलियो भएपनि क्षेत्र(शरिर) उर्वर भएन भन्ने त्यहाँ बीजले आफ्नो असर देखाउँन सक्दैन ।

यहि मूल सिद्धान्तमा रहि आयुर्वेदका विभिन्न विषयमा विशेषज्ञ चिकित्सा सेवा जस्तै – कार्यचिकित्सा (Internal medicine), पन्चकर्म, स्त्री एवं प्रसुती (Gynecology  & Obstetrics), (Surgery), शल्य (Surgery), शालाक्य (ENT and Ophthalmology), बालरोग (Pediatrics)दिँदै आएको छ । यी सबै सेवाले युक्त नरदेवी आयुर्वेद चिकित्सालय पछिल्लो समयमा चिकित्साक्षेत्रको बलियो पाटो बन्दैगएको छ ।

औषधि तथा जडिबुटी
आयुर्वेदिक औषधि प्राकृतिक जडिबुटीबाट बन्ने गर्छ । खासगरि बोटबिरुवा, जनावर र खनिज पदार्थ आयुर्वेद औषधिका स्रोत हुन् । जो कच्चा पदार्थ संकलन एवं प्रशोधन गरेर वा सिँधै प्रयोगमा ल्याइन्छ । आयुर्वेद औषधिमा केमिकल प्रयोग गरिदैन र यसको प्रयोगबाट जुनसुकै रोगको उपचार सम्भब छ । रोगको अवस्था हेरेर जडिबुटीको प्रयोग गरि रोग बाट बच्न सकिन्छ । जस्तो भुँइ आमला, त्रिफला,चिराइतो, गुडुची, तितेपाती, निम, शतावारी, अतिस ,बेल, पाँचऔले, अश्रगन्धा आदि हजारौँ जडिबुटी हुन् । यस्ता जडिबुटिको प्रशोधन गरेर बिभिन्न रोगको औषधि बनाइने गरिन्छ ।

पञ्चकर्म
आयुर्वेदको विशेष शाखा पंचकर्म हो जसमा विशेष गरी औषधिले ठीक हुन न सकेका र दीर्घ एवं गम्भीर लक्षणयुक्त रोगहरुमा रोग एवं रोगीको बल अनुसार शरीर शोधन गरी रोगका मूल कारणहरुलाईआफ्नो प्राकृत अवस्थामा ल्याई रोगको जरोदेखि नै निर्मूल पार्न मद्दत गर्दछ । पंचकर्म स्वस्थलाई र रोगी दुवैलाई अवस्था अनुसार गर्न सकिन्छ । पञ्चकर्मभित्र पाँचप्रकिया पर्छन् । जसमध्ये वमन,विरेचन, अनुबासन वस्ती, निरुह वस्तीर नस्य कर्म प्रमुख हुन् ।

क्षारसुत्र
क्षारसुत्र आयुर्वेदको शल्य शाखाको प्रमुख उपचार हो । विभिन्न क्षारको प्रयोग क्षारसूत्र प्रयोग गरी पायल्स,फिस्टुला जस्ता रोगको उपचारका लागी प्रभावकारी मानिन्छ । क्षार सूत्रद्वारा उपचार गरिएको रोगीहरुमा पुनः पाइल्सर फिस्टुला आदी रोगहरु फर्किने सम्भावना कम हुन्छ ।

योग
योग शारीरिक,मानसिक तथा आध्यात्मिक अनुशासन हो । जसको माध्यमले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । योग एक उपचार पद्धति पनि हो जसको माध्यमबाट बिभिन्न समस्याबाट राहत पाउन सकिन्छ । स्त्रीरोग हृदयरोग, अम्लपित, गठिया बाथ, नसाका समस्या, कम्मर र ढाडका समस्याका साथै मानसिक रोगका लागिसमेत प्रभावकारी मानिन्छ ।

आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि सस्तोमा हुने तथा साइडइफेक्टको सम्भाबना न्युन रहेकाले आकर्षण बढेको हो । विश्वव्यापीय रुपमा फैलिएको कोरोना भाइरसका कारण मानिसहरु आफु र आफ्नो परिवारलाई कसरी सुरक्षित रहने यसको उपाए के अपनाउने भन्ने चिन्तामा छन ।

यसैको बिचमा नरदेवी चिकित्सालयले विभिन्न रोगहरुको निःशुल्क औषधि वितरण गर्नुका साथै विभिन्न भाइरस सङ्क्रमणबाट बच्नका लागि पनि रोग प्रतिरोधात्मक शक्ति बढाउन सक्ने भएकाले यसको उपभोग गर्नुपर्ने आयुर्वेद विज्ञहरुको सुझाव छ । यो थाहा पाएपछि आयुर्वेद चिकित्सालय नजिकै रहेका वसन्तपुर, ठमेल, क्षेत्रपाटि, असन लगायतका साना गल्ली भित्र बसोबास गर्ने मानिसलाई समेत नरदेवी चिकित्सालयको चिकित्सा सेवाको विस्तृताकोबारेमा अनभिज्ञ थिए ।

हाल रोग प्रतिरोधात्मक शक्ति बढाउन सक्नेऔषधि वितरण गर्दैछ भन्ने विभिन्न टेलिभिजन पत्र–पत्रिकाको माध्यमबाट जानकारी पाइसकेपछि निषेधज्ञ बाबजुत पनि सो क्षेत्रबाट मात्र नभएर विभिन्न क्षेत्रबाट प्रत्येक दिन चार पाँच सयको हाराहारीमा विरामी अनउने गरेको पाइन्छ ।

यसले आयुर्वेद चिकित्सा प्रतिको जनविश्वासमात्र होइन हाम्रो समाजमा सयौ वर्ष स्वस्थ भएर बाचिरहेका ज्येष्ठ नागरिकहरुलाई अहिले पनि देख्न सकिन्छज् ।

यहि हो हाम्रो वास्तविक जीवन पद्धति तर हामी चाही आफ्नो जीवन संस्कृतिलाई विस्थापित गर्ने प्रयासमा लागीरहेका थियौ ।


  •  
  •  
  •