ढुक्क भएर मतदान गर्नुहोस् : प्रमुख आयुक्त यादव

244
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर (ओएनएस) : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले २१ गते ४५ वटा जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । उनले भने,‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, मतदाताहरुको लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु ।’ यद्यपि उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेद्धवारलाई लक्षित गरेर घटाईएका घट्नाहरुप्रति खेद व्यक्त गरे । यादवले थपे,‘म यस्ता घट्नाहरु प्रति दुःख व्यक्त गर्दछु, आयोग घट्नाको भत्र्सना गर्छ ।’
निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएको समेत उनले बताए । निर्वाचनको तयारीको क्रममा व्यापक जनसहभागिता देखिएको छ, आम मतदाताहरुमा उत्साह छाएको छ, यो निर्वाचनलाई हामीले त पर्वको रुपमा लिएका छौं, त्यसैले दृढतापूर्वक मतदान गर्न समेत आव्हान गरे ।

निर्वाचनको ‘मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीय काम सम्पन्न भैसकेको उनले बताए । आयोगका पदाधिकारीहरु निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सुक्ष्म अनुगमन गर्ने काममा व्यस्त रहेको समेत यादवले जनाए ।

मतगणनाको लागि पनि आयोगले आवश्यक निर्देशिका जारी गरिसकेको उनले स्पष्ट पारे ।‘आवश्यक निर्देशिका मात्रै होईन, मतगणनाको लागि जनशक्ति तयारी अवस्थामा छ, भुगोल र स्थान हेरेर उपर्युक्त ठाउँमा गणना गरिने जानकारी गराईन्छ’ उनले थपे ।

प्रत्यक्ष तर्फको मत परिणाम एक हप्ता भित्रै आउने गरि आयोगले निर्देशन दिएको पनि उनले बताए । त्यस्तै मतगणनामा कुनै अप्रिय घट्ना नहोस् भनेर निर्वाचन अधिकृतलाई सिसिटीभी राख्नको लागि निर्देशन दिईएको उनको भनाई थियो । ‘मतगणना छिटोछरितो गर्नुपर्छ, यही अनुसार हामीले केन्द्रबाट निर्देशनजारी गरिसकेका छौं’ यादवले भने।

मौन अवधि सुरु भएकोले यो अवधिमा सबै सरोकारवालाहरुले विशेष ध्यान दिन उनको सरोकारवाला सवैलाई आग्रह गरेका छन् । उनले ‘मौन अवधि सुरु भैसकेको छ, उम्मेद्धवारदेखि लिएर अरु सबैले आचार संहिताको पालना गर्नुपर्छ, सञ्चार माध्यमहरुले पनि पालना गर्नुपर्छ, म आँफै स्वयम् कार्यालयबाट घर जाने क्रममा बाटोमा देखिएका निर्वाचन प्रचारका सामाग्रीहरु समेत हटाउने गरेको छु, त्यस्तै उनले मतदाता शिक्षालाई समेत प्रभावकारी रुपमा अघि बढाईएको विश्वास दिलाए । उनले भने,‘मतदाता शिक्षा दुई किसिमको हुन्छ, एउटा निर्वाचन शिक्षा यो निरन्तर चलिरहन्छ, अर्को मतदानविशेष यो हामीले विभिन्न माध्यमहरु जस्तो रेडियो, टीभी, अनलाईन मार्फत गरिरहेका छौं, मतदाता परिचयपत्र वितरणमा समेत हामीले यो विषयमा ध्यान दिएका छौं ।’

आचार संहिता विपरित काम भएको पाईए आयोगले कडा भन्दा कडा कारबाही गर्ने समेत यादवले चेतावनी दिए । उनले आचार संहिताको पालना पूर्ण रुपमा भैरहेको विश्वास व्यक्त गरे ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यवेक्षक संघ संस्थाहरुले काम गरिरहेको बताए । पहिलो चरणको निर्वाचनमा हिमाली, विगट स्थानमा हुँदा पनि ६५ प्रतिशतमत खसेको भन्दै दोस्रो चरणको निर्वाचनमा ७० प्रशित भन्दा बढि मत खस्ने यादवको अनुमान थियो ।


  •  
  •  
  •