नेपाल आयल निगमको पुनर्संरचना गर्छु : नवनियुक्त कार्यकारी निर्देशक पौडेल

447
  •  
  •  
  •  

काठमाडौं, २६ पुस(ओएनएस) : नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगमको पुनर्संरचना गर्ने बताएका छन् ।

निमगको ४८ औं वार्षिक उत्सवमा बोल्दै कार्यकारी निर्देशक पौडेलले निगममा सुधारका लागि काम गर्ने बताए ।
सरकारले आफूलाई निगम सुधार गर्न पठाएको पौडेलको भनाइ छ ।

कार्यकारी निर्देशक पौडेलले तेल बेच्ने मूल्यमा निगमको नाफामात्र नजोडिएको भन्दै सरकारलाई ५५ अर्ब रुपैयाँ राजस्व तिरेको पनि बताए ।

बुढीगण्डकी आयोजनाका लागि २७ अर्ब रुपैयाँ संकलन गरेको भन्दै यी सबै आधारहरुलाई हेरेर निगम अघि बढ्ने बताए ।


  •  
  •  
  •