चेम्बर एक्स्पोमा पाँच करोडको कारोबार

365
  •  
  •  
  •  

काठमाडाै‌, १८ मंसिर (ओएनएस) :   पाँंच दिनसम्म राजधानीमा चलेको नेपाल ‘चेम्बर एक्स्पो २०७४’ मा पाँच करोड भन्दा बढीको कारोबार भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजना सञ्चालित एक्स्पोमा विभिन्न कम्पनीका गाडीहरूको अर्डर बढी भएको छ । एक्सपोमा निर्माण सामाग्रीका रुपमा रहेका भूकम्प प्रतिरोधात्मक सामग्रीको अर्डर एक्स्पोका संयोजक राष्टभूषण चाकुबजीले जानकारी दिए ।

एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गरेको र पाँंच करोडभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ । एक्स्पोमा अटोमोबाइल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाइन्स, फेशन वेयर, मोबाइललगायतका २२५ स्टल राखिएका थिए ।

नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठवटा मुलुकहरूको सहभागिता थियो । चेम्बरले गरेको यो तेस्रंो एक्स्पो हो । चेम्बरले प्रत्येक वर्ष अन्तराष्ट्रिय एक्स्पो गर्दै आएको छ ।


  •  
  •  
  •