ज्योत्सनाको ‘अगेन्स्ट अल अड’ सर्वोत्कृष्ट

766
  •  
  •  
  •  

काठमाडौं, १७ मंसिर(ओएनएस) । महिलाले निर्देशक गरेका छोटा चलचित्र प्रतियोगितामा ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’ सर्वोत्कृष्ट भएको छ ।

यस्तै विद्या चापागाईंको ‘स्टोरी अफ स्कूल’ र निशामानन्धरको ‘वीक्यान’उत्कृष्ट तीनमा पर्न सफल भएका छन् ।
प्रतियोगितामा चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, शुष्मागौतम र असिमशाह निर्णायक रहेका थिए । प्रतियोगितामा नेपालका सात फिल्म अन्तिम चरणमा पुगेका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’लाई आइवार्ट नेपालका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले २५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिन् । यस्तै उत्कृष्ट हुने दुई चलचित्रलाई दोसल्ला र मायाको चिनोसहित सम्मान गरिएको थियो ।

आइवार्ट नेपालले आयोजना गरेको दोस्रो आइवार्ट महिला चलचित्र महोत्सवमा महिलाले निर्देशन गरेका १० देशका १२ चलचित्र प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा चलचित्रका निर्देशकसँग चलचित्र सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो । काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा आइवार्टका अन्तर्राष्ट्रिय अध्यक्ष भ्वायलेट गोन्डा र संचार अधिकृत गीतालाल सहाइको पनि उपस्थिती रहेको थियो ।


  •  
  •  
  •