सोर्स कोडले जित्यो दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड

224
  •  
  •  
  •  

brabidhi
काठमाडौं, २५ साउन (ओएनएस) : मोबाइल सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरे बापत नेपाली सूचना प्रविधि सम्बन्धी कम्पनी सोर्स कोड प्रालिले आठौं एमबिलियन्थ अवार्ड जितेको छ ।

भारतको नयाँ दिल्लीमा गत शुक्रबार आयोजित कार्यक्रममा सोर्स कोड प्रालिले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनलाई उत्कृष्ट घोषणा गर्दै यो अवार्ड दिइएको हो ।

डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले मोबाइल प्रविधिसँग सम्बन्धित दक्षिण एसियाका कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । यस प्रतिस्पर्धामा दक्षिण एसियाली मुलुकहरुबाट कुल २९४ वटा सूचना प्रविधि सम्बन्धी कम्पनीहरुले अवार्डका लागि आवेदन दिएका थिए ।

त्यस मध्येबाट ६५ वटा कम्पनी अन्तिम छनोटमा परेका थिए । जसमा सोर्ड कोर्डले बनाएको ‘नेपाली पैसा’ मोबाइल एप्लिकेसनले सूचना तथा मनोरञ्जन विधातर्फ एमबिलियन्थ अवार्ड हात पारेको हो ।

विभिन्न १० वटा विधामार्फत सहभागी कम्पनीहरु अन्तिम छनोटमा परेका थिए । सोर्स कोडले ‘नेपाली पैसा’लाई सञ्चार तथा मनोरञ्जन विधाअन्तर्गत आवेदन दिएको थियो ।


  •  
  •  
  •