जम्बुलिङ इन्टरनेशनल अवार्ड-२०२२ सम्पन्न

387
  •  
  •  
  •  

काठमाडौँ । जम्बुलिङ इन्टरनेशनल अवार्ड- २०२२ को अवार्ड कार्यक्रम मलेसियाको राजधानी क्वालालाम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ ।

श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ जम्बुलिङ फिल्मस प्रा. लि.ले आयोजना गरेको जम्बुलिङ
ईन्टरनेशनल अवार्ड २०२२ को फाइनल कार्यक्रम अगस्ट ५ तारिख ( २०७९ साउनको २०) गते भएको हो । उक्त अवार्ड वितरण कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरि स्रष्टालाई सम्मान समेत गरिएको थियो ।

सम्पन्न अवार्ड कार्यक्रममा मलेसिया र सिंगापुरबाट विशिष्ट ब्यक्तित्व साथै नेपालबाट आएका कलाकारहरुको उल्लेख्य सहभागीता रहेको थियो । साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघ-संस्थाका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

जम्बुलिङ फिल्मस प्रा. लि.का प्रबन्ध निर्देशक राज किङ वाईबाको सभातित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गुड फर फ्रेण्डस्का संस्थापक डा. भिम लाल तामाङ, बिशेष अतिथिमा एनआरएनय मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा र बिशेष अतिथिमै नेपाल तामाङ घेदुङ मलेसियका उपाध्यक्ष बिक्रम वाईबा तामाङ थिए ।

कार्यक्रममा अवार्ड वितरणसंगै स्रष्टालाई सम्मान गर्दै नेपाली कलाकारिता जगतका बरिष्ठ हांस्य कलाकार उत्तम केसी (चुई चुई पारेर) लाई लाईफ टाईम अचिब्मेन्ट अवार्ड प्रदान गरिएको छ भने उत्कृष्ट समाजसेवीको अवार्ड डा. भिम लाल तामाङले पाएका छन ।

जम्बुलिङ इन्टरनेशनल अवार्ड- २०२२ को उत्कृष्ट सेलो गायकको अवार्ड बल्लपो तामाङको हुल उठ्यो बोलको खान्दोके सेलो गित बाट गायक आस्मान लोप्चनले अवार्ड जितेका छन् ।

उत्कृष्ट पांचमा परेका गायक जिवन बोम्जन (गित मायाला चिनो), बैरागि मोक्तान (गित सालि त भेना) र मदन ग्लान (गित पुर्व सिलिङलिङ) मध्य बाट आस्मान लोप्चनले उत्कृष्ट सेलो गायकको अवार्ड जितेको हो । स्रोता दर्शकबाट राम्रो भोट र जुरि निर्णयक बाट राम्रो नम्बर ल्याउन सफल गितको गायक आस्मान लोप्चनको उक्त बल्लपो तामाङको हुउ उठ्यो बोलको गित सबैले रुचाएको गित हो ।

त्यस्तै उत्कृष्ट नाधिङ भाकाको गायकको अवार्ड प्रदिप लामाले पाएका छन् । याङ्सारि यामा बोलको गित बाट गायक प्रदिप लामाले अवार्ड जितेका हुन । राम्रो गायन क्षमता भएको गायक प्रदिप लामाले धेरै गितहरु गाईसकेका छन् । त्यस्तै अवार्ड पाउनेहरुमा उत्कृष्ट म्हेन्दोमाया गायीकाको अवार्ड रमला पाख्रीनले , उत्कृष्ट म्हेन्दोमाया नव गायीकाको अवार्ड लक्ष्मी तामाङले , उत्कृष्ट दोहोरि गायीकाको जुरि अवार्ड अन्जु गौतमले, उत्कृष्ट दोहोरि नव गायीकाको अवार्ड गंगा गौतमले , उत्कृष्ट मोडल आधुनिक गितको अवार्ड आशामान तामाङ वाईबाले , उत्कृष्ट चरित्र अभिनयको अवार्ड अनिता तामाङ (नेगि) ले , उत्कृष्ट तामाङ सेलो नव गायीकाको अवार्ड सबिता तामाङले, उत्कृष्ट म्हेन्दोमाया नव मोडलको अवार्ड ममता गुरुङ तामाङले, उत्कृष्ट नव पप गायको अवार्ड दावा लामाले, उत्कृष्ट म्हेन्दोमाया गायिका इन्करेजमेन्ट अवार्ड शान्ति माम्बाले , उत्कृष्ट म्हेन्दोमाया गायक जुरी अवार्ड सौराम तामाङले, उत्कृष्ट लोकदोहोरि मोडल इन्करेजमेन्ट अवार्ड ज्योति खड्काले, उत्कृष्ट भजन गितका मोडल अवार्ड याम ब. अधिकारिले र मर्नेन वाईबा , कान्छा लामा , काले तामाङलाई पनि इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको छ ।

सिंगापुरमा ब्यानर खोलेर सुरुवात गरेको कार्यक्रम विभिन्न विधामा अवार्ड दिदै श्रष्टालाई सम्मान गर्दै मलेसियामा सम्मपन्न भएको थियो ।


  •  
  •  
  •