‘ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड’ हुने

89
  •  
  •  
  •  

काठमाडौं । जनजाति फिल्म एवं संगीतको विकास र विस्तार गर्ने उदेश्यले ‘ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९’ आयोजना हुने भएको छ । आयोजक हुकुम मल्टिमिडियाले सोमबार राजधानीमा एक कार्यक्रमकाबीच अवार्ड आयोजना गर्न लागिएको बताएको हो ।

‘ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड(२०१९’ नेपालमा आयोजना हुने पहिलो जनजाति फिल्म अवार्ड भएको आयोजकको दाबी छ ।
अवार्ड भदौ ७ गते थाइल्यान्डमा बाडिने आयोजक मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले कार्यक्रममा जानकारी गराए ।

अवार्डमा ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका जनजाती फिल्म र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने छन् ।

यस कालखण्डमा निर्माण भएका कूल ६३ फिल्मबाट उत्कृष्ट ५ मनोनयन गरिने भएको छ ।
फिल्मतर्फ कूल १६ र संगीत तर्फ ११ विधामा अवार्ड वितरण गरिनेछ ।

घोषणा समारोहमा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले संघबाट नियमित आयोजना हँुदै आएको अवार्ड ‘नेफ्टा’ दशैंदेखि तिहार भित्र विदेशमा बाँडिने बताए ।


  •  
  •  
  •