‘रुस्लान म्यूजिक अवार्ड’ आउटलाईन न्युज एजेन्सीका राजन काफ्लेलाई

618
  •  
  •  
  •  

काठमाडौं, १४ वैशाख(ओएनएस) : यस वर्षको ‘रुस्लान म्यूजिक अवार्ड’ आउटलाईन न्युज एजेन्सीका राजन काफ्लेलाई ‘रुस्लान म्यूजिक अवार्ड’ आउटलाईन न्युज एजेन्सीका राजन काफ्लेलाई प्रदान गरिएको छ ।

नेपाल राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे नेपाल)ले उक्त पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको हातबाट उक्त पुरस्कार प्रदान गरिएको हो ।

यस्तै कार्यक्रममा ‘नेपाल लाइफ राष्टिय फोटो पत्रकारिता अवार्ड २०७५’ को उत्कृष्ट १४ अवार्ड, एक जनालाई ‘लाइफ टाइम अचिभमेन्ट’ र एक जनालाई विशेष सम्मान गरिएको छ ।
‘लाइफ टाईम फोटो पत्रकारिता अवार्ड’ वरिष्ठ फोटो पत्रकार मिनरत्न वज्रचार्यलाई पचास हजार नगद र सम्मापन पत्रले सम्मान गरिएको थियो भने, विशेष सम्मान पूर्वसशत्र नायव उपरीक्षक माधवबहादुर थापालाई दिइएको थियो ।

यस्तै पुरस्कृत हुनेमा ‘इसेवा १ नम्वर प्रदेश फोटो पत्रकारिता अवार्ड’ माइलाइफ डटकम झापाका सरद जोशी, ‘प्रदेश नं. २ फोटो पत्रकारिता अवार्ड’ अन्नपूर्ण पोष्टका दिवाकर भण्डारी, ‘प्रदेश नं. ३ फोटो पत्रकारिता’ अन्नपूर्ण पोष्टकै अवार्ड मनिष दवाडी, ‘एनआइसि एसिया गण्डकी प्रदेश फोटो पत्रकारिता अवार्ड’ आर्दश समाज डेलीका दुर्गा प्रसाद पौडेल, ‘अर्घाखाँची सिमेन्ट प्रदेश नं.५ फोटो पत्रकारिता अवार्ड’ बुटवल टुडेका खगप्रसाद चापाँगाई, ‘कर्णाली प्रदेश फोटो पत्रकारिता अवार्ड’ रारास जाजरकोट हेमन्त केसी, ‘सुदुरपश्चिम प्रदेश फोटो पत्रकारिता अवार्ड’ शेरवहादुर सिंह रारास कन्चनपूर, ‘पन्चकन्या ग्रुप विजनेश फोटो पत्रकारिता अवार्ड’ कान्तिपुर दैनिकका सुरेन्द्र कुमार पुन, ‘ग्लोबल आइएमई बैक महिला फोटो पत्रकारिता अवार्ड’ गोरखापत्रकी कविता थापालाई प्रदान गरिएको छ ।

यस्तै थाहा अध्ययन प्रतिष्ठान पोलिटिकल फोटो पत्रकारिता अवार्ड पहिलो पोष्ट डटकमका प्रविन रानाभाट, नेपाल टेलिकम डेली लाइफ फोटोपत्रकारीता अवार्ड थाहा खवर डटकमका दिपक केसी, नेपाल एयर लाइन्स कल्चर एण्ड टुरिजम फोटोपत्रकारीता अवार्ड, सुनिल शर्मा सिन्ह्वा युज एजेन्सी र गोल्डस्टार सुज खेलकुद/स्पोर्टस फोटोपत्रकारिता अवार्ड राजधानी दैनीकका सुशिलकुमार श्रेष्ठलाई प्रदान गरिएको छ । अवार्डको राशि नगद २५/२५ हजार नगद राशी सहित ट्रफि र सम्मान रहेको छ ।

देश भरीका फोटो पत्रकारहरुलाई प्रतिस्पर्धामा भाग लिनका लागि आव्हान गरिएको थियो । आवेदन दिएका देश भरिका फोटो पत्रकारहरु मध्यबाट उत्कृष्ट फोटो र उनीहरुले फोटो पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको आधारमा मनोनयमा छनौट गरी पुरस्कृत गरिएको थियो ।

यसै गरि उक्त कार्यक्रममा हरिगोपाल प्रधानको नाममा स्थापना गरिएको फोटो पत्रकारिता सम्मान खेलकुद फोटो पत्रकारिताबाट श्याम चित्रकार, मानेरन्जन फोटो पत्रकारिताबाट महेश प्रधान, साहशिक फोटो पत्रकारिताबाट देवकी विष्ट, संस्कति र सम्पदा नातिकाजी डङगोल र पर्य—पर्यटन जर्नादन आर्याललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा रक्षामन्त्री पोखरेलले ‘सुखि नेपाली र समृद्ध नेपाल’ सरकारको नारालाई साकार पार्नको लागि जीवन्त फोटोहरुले भूमिका खेल्न सक्ने भन्दै यसतर्फ फोटो पत्रकारिताले ठूलो योगदान गर्दै आएको बताएका थिए ।


  •  
  •  
  •