एभिन्यूज टेलिभिजनको वीरगंज ब्यूरो कार्यालयमा तोडफोड

267
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख(ओएनएस) : एभिन्यूज टेलिभिजनको वीरगंज ब्यूरो कार्यालयमा तोडफोड भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर– ११ को होटेल सम्झना नजिक रहेको कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

एभिन्यूज केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठका अनुसार समाजवादी पार्टी नेपालका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवसँग एभिन्यूज टेलिभिजनमा पत्रकार सुशील पाण्डेले अन्तर्वार्ता लिनेक्रममा भएको चर्काचर्की र वादविवादको विरोधमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

तोडफोडमा बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


  •  
  •  
  •