नाडा अटो शो सम्पन्न, १ सय ९० करोडको कारोवार

81
  •  
  •  
  •  

काठमाडौ २३ भदौ (ओएनएस) ः काठमाडौको भृकुटीमण्डपमा जारी नाडा अटो शो सोमवार सम्पन्न भएको छ ।

६ दिन सम्म चलेको प्रदर्शनीमा लगभग १ सय साना तथा ठूला स्टलहरुमा ६३ कम्पनीहरुको सहभागिता रहेको थियो । शोमा १ दर्जन भन्दा बढी सवारी साधन सार्वजनिक गरिएको आयोजकले जानकारी दिएको छ ।

शोमा ६ सय ९० वटा मोटरसाइकल तथा ६ सय ओटा चारपाङग्रे सवारी वुकिङ भएको छ । मेलामा १ सय ५० करोड रुपैयाँ बराबरको कारोवार भएको बताइएको छ ।

मेलाको ५५ हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।


  •  
  •  
  •