काठमाडौं, १५ भदौं (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । आयोग टोलीले कार्यालयका कागजातहरु नियन्त्रणमा लिएको छ । अनियमितता भएको आशंकामा अख्तियारले महानगरको शहरी विकास, राजस्व, वातावरणलगायत सबै शाखाको कागजातहरु नियन्त्रणमा लिएको हो ।
सहसचिव नेतृत्वको अख्तियार टोलीले पछिल्ला दुई आर्थिक वर्षको कागजातहरु नियन्त्रणमा लिएको छ ।