डेभिड वार्नरको प्रतिबन्ध कायमै

269
  •  
  •  
  •  

david warnerकाठमाडौ, १३ भदौ(एजेन्सी) : अष्ट्रेलियाका प्रारम्भिक ब्याटस्म्यान डेविड वार्नरले आगामी एकदिवसीय र टी-२० श्रृंखलाका क्रममा रक्सीलाई हात लगाउने छैनन् । वार्नरले आफैलाई रक्सी नछुने प्रतिबन्ध लगाएका हुन् ।

वार्नरका अनुसार यदी अष्ट्रेलियाली टोलीले एशेज श्रृंखला जित्यो भने उनले आफूमाथी आफैले लगाएको रक्सी नखाने प्रतिबन्ध फुकाउने थिए । यतिमात्र होइन एशेज श्रृंखलाका क्रममा उनले आफूलाई फीट राख्नका लागि मे मा वेष्टइण्डिजविरुद्ध दुई टेष्ट श्रृंखलामा पनि रक्सी पिएका थिएनन् ।

क्रिकेट अष्ट्रेलियाको आधिकारिक वेबसाइटले वार्नरलाई उदृत गर्दै लेखेको छ, ‘रक्सी छोडेको १ सय दिन भईसकेको छ । यो निकै राम्रो छ । मैले यसबीचमा कतिपटक रक्सी पिउने विषयमा सोँचे । तर, कुरा अनुशासनको थियो । मैले क्यारेबियाली भ्रमणभन्दा पहिले भनिसकेको थिए की वेष्टइण्डिजको भ्रमण, एशेज र घरेलु श्रृंखलाका क्रममा आफ्नो सबैभन्दा राम्रो खेल दिन चाहन्छु ।’

वार्नरले एशेजमा अष्ट्रेलियाले बेहोरेको पराजयले रक्सी प्रतिको आफ्नो संयमलाई लिएर बनाएको योजनामा तुषारापात भएको च । वार्नरले भने, ‘तपाई जितको खुसी मनाउनका लागि पिउनु हुन्छ, तर अहिले मेरो साथमा खुसी हुने कुनै कारण छैन् ।’


  •  
  •  
  •