५१ वर्षीय एकदिवसीय क्रिकेटमा नयाँ इतिहास, तेहेरो शतक बनाए टलले

139
  •  
  •  
  •  

jemes tall australianकाठमाडौ, ३० असोज(एजेन्सी) : मास्टर ब्लाष्टर सचिन तेण्डुलकर, विरेन्द्र सहवाग र रोहित शर्मा, यी सबै खेलाडीले एकदिवसीय खेलमा दोहोरो शतक बनाएका थिए । तर, एक अष्ट्रेलियाली खेलाडीले यी सबै खेलाडीको रेकर्ड तोडिदिँदै तेहेरो शतक प्रहार गरेर ५१ वर्षको एकजदिवसीय इतिहासमा नयाँ रेकर्ड बनाएका छन् । उनले ४४-४४ ओभरको खेलमा अष्ट्रेलियाका जेम्स टलले २५ छक्का र ३४ चौका प्रहार गर्दै ३ सय ४१ रन जोडेका थिए ।

५१ वर्षको सिमित ओभरको क्रिकेटको इतिहासमा यो पहिलो तेहेरो शतक हो । सिमित ओभरको क्रिकेटमा १५ वटा दोहोरो शतक प्रहार गरिएका छन्, तर ३ सय रनको आखडा कसैले पनि पार गरेका थिएनन् । जेम्स टलले इङल्याण्डका एलिष्टर ब्राउनद्धारा १९ जुन २००२ मा बनाएको २ सय ६८ रनको रेकर्ड तोडेर नयाँ किर्तीमान स्थापित गरेका छन् ।
महिला क्रिकेट समेत अन्तराष्ट्रिय क्रिकेटमा अहिलेसम्म ४ दोहोरो शतक बनाएका छन् । जेम्स टलले क्विन्सल्याण्ड वेयरहाउस क्रिकेट एसोशियसन प्रतियोगितामा मास्टर हिलका लागि खेल्दै उनले यस्तो रेकर्ड बनाएका हुन् ।

उनले ४२ औ ओभरमा आउट हुनुअघि नै किर्तीमान रन जोडिसकेका थिए ।

जेम्स टलको किर्तीमानी पारीको मद्धतले उनको टोलीले ४४ ओभरमा ४ विकेट गुमाउँदै ४ सय ५७ रन जोडेका थिए । टलका बाहेक टोलीका लागि सबैभन्दा राम्रो प्रदर्शन ट्रोय डीनले गरेका थिए । उनले ३६ रन जोडेका थिए । टलले डीनसँग मिलेर पाँचौ विकेटका लागि २ सय १२ रनको साझेदारी गरेका थिए ।


  •  
  •  
  •