भूकम्पपीडितका लागि अष्ट्रेलियाद्वारा पाँच करोड बढीको सहयोग घोषणा

115
  •  
  •  
  •  

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि अष्ट्रेलियाले आर्थिक सहयोग घोषणा गरेको छ।

अष्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वोङ्ले भूकम्पपीडितका लागि ६ लाख अष्ट्रेलियाली डलर (करिब पाँच करोड १८ लाख रुपैयाँ) सहयोगको घोषणा गरेकी नेपालस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ।

अहिलेको कठिन घडीमा अष्ट्रेलिया नेपालको साथमा रहेको उल्लेख गदैै दूतावासले सो सहयोगले मानवीय सहायता समाग्री र पुनर्निर्माणका काममा टेवा दिने विश्वास व्यक्त गरेको छ।

‘अष्ट्रेलियाली परराष्ट्रमन्त्री पेनी वोङ्ले पश्चिम नेपालका भूकम्प पिडीत समुदायहरुको लागि ६ लाख अष्ट्रेलियाली डलर सहयोगको घोषणा गर्नुभएको छ,’ दूतावासले फेसबुकमा लेखेको छ, ‘यो सहयोगले जीवन रक्षा गर्ने सामाग्रीहरु, मानवीय सहायता समाग्रीहरु र पुनर्निमाणका कामहरुमा टेवा दिनेछ। यो कठिन घडीमा अष्ट्रेलिया नेपालको साथ छ।’


  •  
  •  
  •