काठमाडौ, २७ पुस(एजेन्सी) : आईसीसी क्रिकेट वर्ड कप २०१५ का लागि १५ सदस्यीय अष्ट्रेलियन टोलीको घोषणा गरिएको छ । चयरनकर्ताहरूले खराब फिटनेसका कारण मैदान बाहिर रहेका माइकल क्लार्कलाई समेत टोलीमा समावेश गरेको छ । अष्ट्रेलियन टोली क्लार्ककै कप्तानीमा मैदानमा उत्रनेछ ।
चयनकर्ताले क्लार्कलाई भरोसा गरेर टोलीमा समावेश गर्दै उनलाई २१ फ्रेबुअरीमा बंगलादेशविरूद्ध हुने खेलसम्म फिट हुन डेडलाइन समेत दिएको छ । यदी क्लार्क उक्त खेलसम्म पनि फिट नभऐ उनको ठाऊँमा अन्यलाई नै ल्याउने तयारी गरेको छ र टोलीको कप्तानी जर्ज बेलीले गर्नेछन् । अहिले जर्ज बेली नै उपकप्तान रहेका छन् ।
अष्ट्रेलियाको १५ सदस्यीय टोलीमा कुनै अनौठो नाम भनै छैन् । भारतविरूद्धको टेष्ट श्रृंखलामा राम्रो प्रदर्शन गरेका नाथन लियोनलाई भने टोलीमा समावेश गरिएको छैन् । चयनकर्ताहरूले स्पिनरका रूपम डोहार्थीलाई विश्वास गरेको छ भने प्याट कमिन्सलाई पनि टोलीमा ल्याइएको छ ।
वर्ल्ड कपका लागी अष्ट्रेलियाली टोली यस्तो छ :
माइकल क्लार्क(कप्तान), जर्ज बेली(उपकप्तान), मिसेल जोनसन, मिशेल मार्स, ग्लेन म्याक्सवेल, स्टीभन स्मिथ, डेविड वार्नर, शेन वाटसन, मिचेल स्टार्क, प्याट कमिन्स, जेवियर डोहार्थी, जेम्स फल्कनर, आरोन फीन्च, ब्राड हाडिन र जस हेजलवुड ।