अष्ट्रेलियाको जित, पाकिस्तान बाहिरियो

233
  •  
  •  
  •  

ICC World Twenty20 India 2016:  Pakistan v Australiaकाठमाडौँ, १२ चैत(ओएनएस) : भारतमा जारी टि-२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको आफ्नो तेस्रो खेलमा अष्ट्रेलियाले जित हासिल गरेको छ । अष्ट्रेलियाले जितसँगै सेमिफाइनल प्रवेश गर्ने सम्भावनालाई कायम राखेको छ भने अष्ट्रेलियासँग पराजित भएको पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

मोहालीमा भएको खेलमा १ सय ९४ रनको विजय लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरको खेलमा आफ्नो ८ विकेट गुमाउँदै १ सय ७२ रन मात्र जोड्न सफल भएपछि २१ रनले पराजित भएको छ । पाकिस्तानका लागि खलिद लतिफले सर्वाधिक ४६ रन जोडेको छ भने सोयब मल्लिकले अविजित रहँदै ४० रन जोडेका थिए । यस्तै, उमर अकमलले ३२ रन र शर्जिल खानले ३० रन जोडेका थिए । यता पाकिस्तानलाई उक्त रनमा समेट्ने क्रममा जेम्स फल्कनरले ५ विकेट लिएका थिए भने एडम जाम्पाले २ तथा जोस हेजलवुडले १ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा मात्र ४ विकेट गुमाउँदै १ सय ९३ रन जोड्न सफल भयो । अष्ट्रेलियालाई उक्त स्कोरसम्म पुर्‍याउनका लागि कप्तान स्टिभन स्मिथले अविजित रहँदै ६१ रन जोडेका थिए । यस्तै, शेन वाटसनले अविजित ४४ रन, ग्लेन म्याक्सवेलले ३० रन, उस्मान खावजाले २१ रन जोडेका थिए । यता पाकिस्तानका लागि वेहाव रियाज र इमाद वसिमले समान २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच जेम्स फल्कनर घोषित भएका छन् ।


  •  
  •  
  •