अष्ट्रेलियाले पाँचौ पटक विश्वकप जित्दा यस्तो देखियो एमसीजी…(तस्विरसहित)

344
  •  
  •  
  •  

काठमाडौ, १५ चैत(ओएनएस) : अष्ट्रेलियाले पाँचौ पटक विश्वकप जित्दै विश्वकप क्रिकेटको समापन भएको छ । न्युजिल्याण्डमाथि ७ विकेटको सहज हासिल गर्दै अष्ट्रेलियाले पाँचौ पटक जित हासिल गरेको हो ।

अष्ट्रेलियाको जीतमा विषेशगरी बलरहरूको प्रदर्शन उत्कृष्ट रह्यो । टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डलाई मात्र १ सय ८३ रनमा अलआउट गरेर विश्वकप उपाधी नजिक पुर्याउन अष्ट्रेलियाका जेम्स फल्कनर, मिचेल जोनसनले समान ३-३ विकेट र मिचेल स्टार्कले २ विकेट लिएका थिए भने अन्तिम खेल खेलेका कप्तान माइकल क्लार्कले ७३ रनको उत्कृष्ट पारी खेल्दा उपकप्तान स्टिभन स्मिथले अविजित ५६ रन र डेभिड वार्नरले ४५ रन जोडेका थिए ।

जितका लागि ३४ औ ओभरको पहिलो बलमा चौका प्रहार गरेपछि क्रिकेट मैदान निकै गुञ्जयामान भएको थियो । अष्ट्रेलियाका प्रशंसकहरुको बाहुल्यता रहेको उक्त मैदानमा जीतको खुसी छाएको थियो । विश्वकप जितेपछि मैदानमा गरिएको आतशबाजी पनि निकै रोमाञ्चक थियो ।

हेरौ तस्वीरमा अष्ट्रेलियाले विश्वकप जितेपछिका केही दृश्यहरू…

australia wins the world cup1australia wins the world cup2australia wins the world cupAustralia v New Zealand - 2015 ICC Cricket World Cup: FinalAustralia v New Zealand - 2015 ICC Cricket World Cup: FinalAus 3 Australia v New Zealand - 2015 ICC Cricket World Cup: Final Aus 1 Aus 2


  •  
  •  
  •