लियोन चम्किएपछि आधा दर्जन कीर्तिमान बनाएका कोह्ली फेल

265
  •  
  •  
  •  

aus-vs-indiaकाठमाडौ, २७ मंसिर(ओएनएस) : स्पिनर नाथन लियोनको उत्कृष्ट प्रदर्शनको बलमा अष्ट्रेलियाले पहिलो टेष्टमा भारतलाई ४८ रनले पराजित गरेको छ । नाथन लियोन एक्लैले दोस्रो इनिङमा ७ विकेट लिएपछि अष्ट्रेलियाको जित सम्भव भएको हो ।

नाथन लियोनले ७ विकेट लिएपछि टेष्टमा करिब आधा दर्जन कीर्तिमानी पारी खेलेपनि विराट कोहलीले भारतलाई जीत दिलाउन सकेनन् । उनले दोस्रो इनिङमा शतकीय पारी खेलेका थिए । अष्ट्रेलियाले ३ सय ६३ रनमा पारी समाप्तिको घोषणा गरेपछि ३ सय ६४ रनको विजय लक्ष्यका साथ मैदान छिरेको भारतले आफ्ना सबै विकरट गुमाउँदा मात्र ३ सय १५ रन जोड्न सफल भयो । भारतका लागि कप्तान विराट कोह्लीले १ सय ४१ रन जोडेपनि जित दिलाउन भने सकेनन् । कोह्लीसँग १ सय ८५ रनको साझेदारी गरेका मुरली विजयले ९९ रन जोड्नु बाहेक अन्य ब्याट्स्म्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । नाथन लियोन बाहेक मिचेल जोनसनले २ विकेट र र्यान ह्यारिसले १ विकेट लिएका थिए ।

यस्तै, अष्ट्रेलियाले दोस्रो पारीमा डेविड वार्नरको १ सय २ रनको मद्धतले ५ विकेट गुमाएर २ सय ९० रन जोड्दा इनिङ समाप्तिको घोषणा गरेको थियो । यस्तै, पहिलो पारीमा डेविड वार्नर, माइकल क्लार्क र स्टिभन स्मिथको शतकीय पारीको मद्धतले ७ विकेट गुमाएर ५ सय १७ रन जोडेपछि इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा ५ सय १७ रनको ठुलो विशाल योगफललाई पछ्याउने क्रममा भारत ४ सय ४४ रनमा सिमित भयो । उसका लागि कप्तान विराट कोह्लीले १ सय १५ रन जोडेपनि अन्य ब्याटस्म्यानको मध्यम प्रदर्शन रह्यो ।

प्रतियोगिताको म्यान अफ दी म्याच दुई इनिङमा १२ विकेट लिएका नाथन लियोनलाई दिइएको छ ।

विराट कोह्लीले बनाएका किर्तिमान

aus-vs-india-viratभारतका कप्तान विराट कोह्लीले एडिलेड टेष्ट दुई शतक प्रहार गरेका छन् । यो टेष्टमा २ सय ५६ रन बनाएर डेब्यु म्याचमा सर्वाधिक रन बनाउने ब्याटस्म्यान बनेका छन् । उनले ४८ साल पुरानो वर्ल्ड रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका छन् । यतिमात्र नभई टेष्ट खेलमा दुवै पारीमा शतक प्रहार गर्ने भारतका एक मात्र कप्तान हुन् भने विश्वका दोस्रो कप्तान हुन् । यसभन्दा अगाडि ग्रेग च्यापलले दुवै इनिङमा शतक जडेका थिए ।

विराट कोह्ली अष्ट्रेलियामा दुवै इनिङमा शतक जोड्ने पहिलो भारतीय र विश्वका दोस्रा ब्याटस्म्यान हुन् । उनीभन्दा अगाडि वेष्ट इन्डिजका रोहन कन्हाईले न् १९६१ मा खेलिएको खेलमा दोहोरो शतक प्रहार गरेका थिए ।

कप्तानले पहिलो टेष्टमा नै सर्वाधिक रन बनाउने भारतीय कीर्तिमान पनि विराटले तोडेका छन् । उनले २ सय ५६ रन जोडेर विजय हजारेको नाममा रहेको १ सय ६४ रनको रेकर्ड तोडेका हुन् ।

विराटले दूइ वटा शतक प्रहार गर्ने विश्वका युवा ब्याटस्म्यान भएका छन् । उनले मात्र २६ वर्ष ३८ दिनमा उक्त कारनामा गरेर रेकर्ड बनाएका हुन् ।

अष्ट्रेलियामा खेलिएको टेष्टमा दुई वटा शतक प्रहार गर्ने विराट कोह्ली पहिलो कप्तान हुन् ।

 


  •  
  •  
  •