१५ पुस (एजेन्सी) : तेस्रो टेस्ट बराबरीमा सकिएपछि भारतबिरुद्धको चार टेस्ट सिरिज घरेलु टिम अष्ट्रेलियाले जितेको छ । यसअघिका दुई टेस्टमा जित हात पारेको अष्ट्रेलियाले अन्तिम टेस्टअघि नै सिरिज आफ्नो पक्षमा पारेको हो ।
मेलवनमा भएको तेस्रो टेस्टको अन्तिम दिनको खेल सकिदा ३१७ रनको लक्ष्य पछ्यएको भारतले ६ विकेटको क्षतिमा १७४ रन जोड्यो । भारतको लागि कप्तान महेन्द्रसिंह धोनी नटआउट २४ र रबिचन्द्र आस्विन ८ रनमा अविजित रहे।
त्यसअघि पहिलो इनिङमा अष्ट्रलियाले ५३० रन जोडेको थियो । अष्ट्रेलियाको लागि कप्तान स्टेभिन स्मीथले १९२ रन जोडेका थिए । जवाफमा भारतले पनि वीराट कोहलीको १७९ अजिन्का राहाणेको १४७ रनको मद्दतमा ४६५ रन जोड्दा ६५ रनले पछि परेको थियो ।
दोस्रो इनिङमा अष्ट्रेलियाले ९ विकेटको क्षतिमा ३१८ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो ।