प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन बिश्वकै नमुना : प्रमुख आयुक्त यादव

239
  •  
  •  
  •  

ओखलढुङ्गा, ४ पुस (ओएनएस) : प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नेपालमा मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनाव बिश्वकै नमुना भएको बताएका छन् ।

 

मंगलबार ओखलढुंगा सदरमुकाममा आयोजित निर्वाचनमा खटिएका कर्मचारीहरुलाई धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले एक साथ दुवै चुनाव सफलताका साथ सम्पन्न हुनु विश्वमै नमुना भएको बताए । ‘

 

यादवले निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचर्न सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, कर्मचारी, पत्रकार तथा पर्यवेक्षकहरुको महत्वपूर्ण सहयोग भएको भन्दै
धन्यबाद ज्ञापन गरेका छन् । निर्वाचनको समयमा देशमा केही  छिटफुट घटना भए पनि शान्तिपूर्ण वातावरणमा चुनाव सकिएकोमा खुसी व्यक्त गरेका छन् ।


  •  
  •  
  •