प्रिंयकासँग विवाह गर्न तयार भएका रैनालाई वैष्णवीको विवाह प्रस्ताव

251
  •  
  •  
  •  

काठमाडौ, २ चैत(एजेन्सी) : भारतीय टोलीका स्टार ब्याटस्म्यान सुरेश रैनाको विवाहको समाचार आएको धेरै समय भएको छैन् । न्युजिल्याण्डको एक बैंकमा काम गरिरहेकी प्रियंका चौधरीसँग आगामी अप्रिलको पहिलो हप्ता उनको विवाह हुने लगभग पक्का भएको समाचार आइरहँदा भारतीय टोली बसिरहेको अकल्याण्डको होटेल बाहिर एउटा अनौठो दृश्य देखिएको थियो ।

भारतीय टोली बसिरहेको होटेल अगाडि एक युवती पोष्टरको साथमा उभिएकी थिइन् र उनले उक्त पोष्टरमा लेखेकी थिइन्, ‘रैना मेक मी योर दुल्हनीया’ । उनले यस्तो पोष्टर लिएर होटेल अगाडि उभिरहँदा उनका परिवार समेत साथमा नै रहेका थिए ।

ती युवती अकल्याण्डमा नै बस्दै आएकी छिन् र उनको नाम वैष्णवी परांजपे हो । वैष्णवीले रैनासँग आफ्नो भेट नभएको र रैनालाई यसबारेमा केही थाहा नभएको बताउँदै रैनाले एकपटक आफ्नो कुरा सुन्ने विश्वास व्यक्त गरेकी छिन् । यसै क्रममा सञ्चारकर्मीहरूले रैनाको चाँडै नै विवाह हुन लागेको बताएपछि अचम्मित भएकी उनले रैनाले सञ्चारमाध्यमसँग नै उक्त कुरा खुलासा नगरेसम्म आफूले विश्वास नगर्ने बताएकी छिन् ।


  •  
  •  
  •