चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा १४ को मृत्यु

456
  •  
  •  
  •  

एजेन्सी । बुर्किना फासोको एक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा १४ जनाको ज्यान गएको छ ।
देशको पूर्वी क्षेत्र हान्तोउकोउरामा रहेको चर्चमा मानिहरु प्राथनाका लागि भेला भएको बेला आक्रमण भएको हो ।

आक्रमणमा मारिनेमा चर्चका पादरी र बालबालिकासमेत छन् । आक्रमणमा धेरै मानिस घाइते भएका छन् । आक्रमणपछि बन्दुकधारीहरु स्कूटरमा भागेको प्रतक्ष्यदर्शीहरुले बताएका छन् । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमण गर्ने समूहको पहिचान भएको छैन । मालीसँगको सीमा क्षेत्रमा जातीय तथा धार्मिक तनाव बढेका कारण बुर्किना फासोमा हिंसाका घटना बढेका छन । गत अक्टोबरमा मस्जिदमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •