दिल्लीका नौ स्थानमा हमलाको चेतावनी

143
  •  
  •  
  •  

एजेन्सी । भारतको गुप्तचर निकायहरुले नयाँ दिल्लीमा आतकंवादी आक्रमणको चेतावनी दिएको छ ।

महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ ।
उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ नगरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


  •  
  •  
  •