आतंककारी आक्रमणमा २९ को मृत्यु

62
  •  
  •  
  •  

एजेन्सी । उत्तर फुर्किना फासोमा दुई वटा छुट्टाछुट्टै आतंकारी आक्रमणमा २९ जनाभन्दा बढीको मृत्यु भएको छ । दुबै आक्रमण आइतबार उत्तर प्रान्तमा सनमाटेनगामा भएको स्थानीय सञ्चार माध्यमले सोमबार जनाएका छन् ।

सर्वसाधारण चढेको एक यात्रुबाहक बसमा भएको आतंककारी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् ।

सोही समयमा खाद्यान्न बोकेको एक साइकल यात्रीलाई लक्ष्य गरी गरिएको आक्रमणमा १४ जनाको मृत्यु हुनुको साथै अन्य ६ घाइते भएका छन् ।

यस्ता घटनाहरू दोहोरिन नदिन सरकारले कदम चाल्ने शपथ लिनुको साथै सैनिक परिचालन बढाएको छ ।
सन् २०१५ यता बुर्किना फासो आतंकवादी हमलाहरूमा ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •