आक्रमणमा आठ प्रहरी मारिए

296
  •  
  •  
  •  

काबुल । अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीमा तालिबान लडाकू समूहले आक्रमणमा गरेको छ ।

आक्रमणमा कम्तीमा आठ प्रहरी मारिएका छन् ।  यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएको प्रान्तीय गभर्नर आह्ला रहमानले जानकारी दिएका छन् ।

शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा भएको आक्रमणमा परी आठ प्रहरीको मृत्यु हुनको साथै अन्य १६ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।

तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारी र तालिबानबीच भएको दोहोरो भिडन्तमा तालिबानतर्फ पनि हताहत भएको अधिकारीहरुले बताएका छन् ।

एजेन्सी


  •  
  •  
  •