अर्थमन्त्री चढेको गाडीमा आक्रमण, ५ पक्राउ

192
  •  
  •  
  •  

ramsharna mahatपोखरा, ११ चैत (ओएनएस) :  अर्थमन्त्री रामशरण महत चढेको गाडीमा एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले आक्रमण गरेका छन् ।

कास्कीको सल्यान गाँउतर्फ गइरहेका मन्त्री महतमाथि पोखराको सिम्पानीमा अखिल क्रान्तिकारीका कार्यकर्ताले ढुंगा प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार विद्यार्थीहरुले विहान ११ बजे लुकेर मन्त्री महत चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए ।

गाडीलाई लक्षित गरी ढुंगा प्रहार गरेपनि गाडीमा ढुंगा नलागेको र मन्त्री सुरक्षित रुपमा गन्तब्यमा गएको कास्की प्रहरीले जनाएको छ । आक्रमण असफल भएपछि क्रान्तिकारीले सडकमा टायर बाल्ने प्रयास गरेका थिए ।

तर, प्रहरीले टायर बल्न नदिएपछि केहि बेर सामान्य झडप भएको थियो । झडपमा विद्यार्थीहरु सामान्य घाइते भएका छन् । झडपपछि प्रहरीले अखिल क्रान्तिकारीका ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनेरास्ववियु (क्रान्तिकारीका केन्द्रीय सदस्य क्षितिज सापकोटा, लक्ष्मीप्रसाद सुवेदी, नेत्र चापागाईं, दिनेश पौडेल र विशाल गुरुङ छन् ।

अखिल क्रान्तिकारीका कार्यकर्ताकाे अाक्रमणबाट बचेका महतले सल्यान गाँउ पुगेर फाेटाे ट्वीट गरेका छन्

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •