पूर्वसभासद् महतोमाथि अज्ञात समूहद्वारा आक्रमण, अवस्था गम्भिर

151
  •  
  •  
  •  

महोत्तरी, ४ जेठ(ओएनएस) : महोत्तरी जिल्लाबाट एमाओवादीका पूर्वसभासद् बुधनीदेवी महतोलाई गयराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ ।

गयराती करिब १० बजेको समयमा आफ्नै घरमा बसिरहेको समयमा ८/१० जनाको समूहमा आएको अज्ञात व्यक्तिले मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताए । घरेलु हतियार र लाठीको कुटाईबाट सभासद् महतो गम्भीर घाइते भएकी छन् । उनको अवस्था चिन्ताजनक रहेको छ ।

घाइते सभासद्को उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । उनी हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा पुगेकी छन् । उपचारमा संलग्न चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

सभासद्लाई कुट्ने व्यक्तिहरूका विषयमा कुनै कारन प्रष्ट हुन सकेको छैन् भने उनीहरूको बारेमा कुनै जानकारी समेत प्राप्त भएको छैन् ।


  •  
  •  
  •