मोर्चाद्वारा बिरामी बोकेको एम्बुलेन्समा पुन: आक्रमण

221
  •  
  •  
  •  

attack on ambulanceसुनसरी, ५ मंसिर(ओएनएस) : सुनसरीको दुहबीमा मधेसी मोर्चाका कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरेका छन् ।

शनिबार विराटनगरबाट बिरामी लिएर धरान जाँदै गरेको को १ च ४६१५ नम्बरको एम्बुलेन्सलाई दुहबीमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् । विराटनगरस्थित सिटी अस्पतालको एम्बुलेन्सका चालक आनन्द विक पनि घाइते भएका छन् । उनको दाहिने आँखामा चोट लागेको छ ।

aananda bkअक्सिजन दिएर एम्बुलेन्स भित्र राखिएको बिरामीसमेत झिक्न नदिई मोर्चाले एम्बुलेन्समा आक्रमण गरेको घाइते प्रत्यक्षदर्शीले जनाएका छन् ।

उक्त आक्रमण सुनसरी टुक्राउन पाइँदैन भन्दै बृहत नागरिक समाजले निकालेको सद्भाव र्‍यालीमा मधेसी मोर्चाका कार्यकर्ताले ढुंगा हानेपछि भएको भीडन्तका क्रममा भएको प्रहरीले जनाएको छ । सद्भाव र्‍यालीपछि गरिएको कोणसभाका क्रममा मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रण लिनका लागि प्रहरीले बल प्रयोग गरेको थियो ।

यसबाट आक्रोशित भएका कार्यकर्ताले एम्बुलेन्समा तोडफोड गरेको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ६ राउण्ड हवाई फायर समेत गरेको थियो ।


  •  
  •  
  •