ड्युटीमा संगै खटिएका सैनिकले आफ्नै सहकर्मीलाई गोली हाने

264
  •  
  •  
  •  

gun-fire-1024x576
काठमाडौं, ३१ साउन (अाेएनएस) : पोखराको सिद्धिबक्स गणमा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् ।

एउटै पोष्टमा संगै ड्युटीमा खटिएका सहकर्मी बैतडी घर भएका बसन्त लोहारले गोली हान्दा दार्चुलाका घर भएका प्युठ गणेशसिंह विष्टको मृत्यु भएको हो।

आज विहान साढे ४ बजेको समयमा ड्युटीमा रहेका बेला लोहारले विष्टमाथि सात राउण्ड गोली प्रहार गरेको पाइएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गोली प्रहार गरेर हत्या गर्नुको कारण खुलाइएको छैन । बसन्त अहिले प्रहरीको नियन्त्रणमा छन् ।


  •  
  •  
  •