भ्रष्टाचारको आरोप लागेका पेरुका पूर्व राष्ट्रपतिले गरे आत्महत्या

293
  •  
  •  
  •  

एजेन्सी : पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आत्महत्या गरेका छन् ।  उनले बुधबार राति आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।

भ्रष्टाचारको आरोप लागेका ६९ वर्षीय गार्सियालाई गिरफ्तार गर्न प्रहरी उनको घर पुगेको थियो ।  प्रहरीले उनलाई पक्राउ गरिसकेको थियो । तर उनले प्रहरीसँग महत्वपूर्ण फोन गर्नेभन्दै फोन मागेर कोठाभित्र पुगेका थिए ।

कोठाभित्र उनले आफैंलाई गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीले टाउकोमा चोट लागेको अवस्थामा उनलाई फेला पारेको थियो ।

तत्काल उनलाई राजधानी लिमास्थित क्यासिमिरो उलावो अस्पताल लगिएको थियो ।  तर अस्पतालले उनलाई उपचारको क्रममा मृत घोषणा गरेको थियो ।

गार्सियाले ब्राजिलको निर्माण कम्पनीबाट घुस लिएको आरोप लागेको थिया । उनले त्यो अस्वीकार गर्दै आएका थिए ।

गार्सियाले सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म दुई पटक पेरुको राष्ट्रपतिय कार्यकाल सम्हालेका थिए ।
दोस्रो पटक राष्ट्रपति हुँदा उनले सो ब्राजिलियाली कम्पनीबाट घुस लिएको अनुसन्धानमा देखिएको थियो ।


  •  
  •  
  •