इटालीमा कोरोना संक्रमित नर्सले गरिन् आत्महत्या

146
  •  
  •  
  •  

एजेन्सी । इटालीमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित एक नर्सले आत्महत्या गरेकी छन् ।

कोरोना संक्रमण देखिएपछि आत्महत्या गरेकी इटालीकी नर्स डेनिला ट्रेज्जी

कोरोना भाइरस संक्रमितकै उपचारमा रातदिन खटिएकी ३४ वर्षीया नर्स डेनिला ट्रेज्जीले आफूलाई पनि कोरोना संक्रमण भएपछि आत्महत्या गरेकी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार उनी इटालीको लोम्बार्दी क्षेत्रमा पर्ने मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे संक्रमितको उपचार खटिइरहेकी थिइन् ।

‘कोरोना भाइरसबाट संक्रमितको उपचार गर्दागर्दै म आफै संक्रमित हुन पुगें। अब अरू मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन,’ सुसाइड नोटमा उनले लेखेकी छन्, ‘त्यसैले अरू धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु ।’


  •  
  •  
  •