सभासद्ले तलव बुझ्ने एटिएम बिग्रीयो

230
  •  
  •  
  •  

काठमाडौ, ९ साउन(ओएनएस): देशका नीति निर्माता सभासद्ले प्रयोग गर्ने नेपालको ठूलो मध्येको एभरेष्ट बैंकका देशभरका अटोमेटिक टेलर मेसिन (एटीएम) बिग्रदा हजारौ सेवाग्राही प्रभावित बनेका छन् । एससिटी नेटवर्कमा समस्या आएका कारण एटिएम संचालनमा आउन नसकेको बैकले जनाएको छ ।

atm problem sct network atm problem sct network1काठमाडौ उपत्यका लगायत देशभरका एटिएम बाहिर सेवा बन्द भएको सूचना टाँसिएको छ । बुधबारदेखी एटिएम बिग्रीएपछि बैंकमा चेक साट्ने ग्राहकको घुइँचो लागेको छ । संसद सचिवालयले सबै सभासद्का लागि एभरेष्ट बैंकमा खाता खोलेर तलब भत्ता बैंकमै पठाउने गरेको छ ।

atm problem sct networkतीन दिन देखी एटिएम नचल्दा आर्थिक समस्या झेल्नु परेको एक सभासद्ले बताए । नेकपा एमालेका सभासद चुडामणि विश्वकर्माले स्वामित्वको बैंक मार्फत सभासद्लाई तलव दिने व्यवस्था गर्नुपर्ने बताए । ‘सरकारी स्वामित्वका बैंक हुँदा हुँदै सिंहदरबार भित्र निजी बैंक स्थापना गर्नु गलत हो’ उनले भने । ‘क’ वर्गको अग्रणी वाणिज्य बैंक एभरेष्ट बैंकका देशभर हजारौ ग्राहक छन् ।


  •  
  •  
  •