एटिएममा अनिवार्य नेपाली भाषा प्रयोग गर्न निर्देशन

219
  •  
  •  
  •  

काठमाडौं, ७ जेठ(ओएनएस) : एटिएममा अनिवार्य नेपाली भाषाको प्रयोग गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई नेपाली भाषाको प्रयोग अनिवार्य गराउन निर्देशन दिएको हो ।
एटिएममा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेको गुनासाहरु बढ्न थालेपछि त्यसको समाधानका लागि नेपाली भाषा अनिवार्य गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

३० दिनभित्र नेपाली भाषा नभए नेपाली भाषा अनिवार्य गर्ने ब्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
३० दिनभित्र नेपाली भाषा प्रयोगमा ल्याएपछि त्यसको जानकारी राष्ट्र बैंकलाई जानकारी गराउनसमेत भनिएको छ ।

कसैले नेपाली भाषा प्रयोग नगरे कारबाही गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अहिले देशभर ३ हजार ४९ वटा एटिएम काउन्टर छन् ।

त्यस्तै, डेबिट कार्ड बोक्ने ५९ लाख ६२ हजार आठ सय ३८, क्रेडिट कार्ड बोक्ने एक लाख पाँच सय २७ र प्रिपेड कार्ड बोक्ने ६४ हजार चार सय ८४ छन् ।


  •  
  •  
  •