एटिएमबाट दैनिक ६० हजार रुपैयाँ मात्र झिक्न मिल्ने

404
  •  
  •  
  •  

काठमाडौं । एटिएमबाट अबदेखि दैनिक ६० हजार रुपैयाँ मात्र झिक्न मिल्ने भएको छ ।  नेपाल राष्ट्रिय वाणिज्य बैंकले एटिएम कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो ।

फाइल तस्बिर

राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले तत्कालका लागि एटिएमबाट झिक्न पाउने रकमको सीमा घटाइएको बताए ।

यसअघि दैनिक एक लाख रुपैयाँसम्म नगद झिक्न पाइने व्यवस्था थियो ।  त्यस्तै अब एक पटक कार्ड घुसाउँदा अधिकतम २० हजार रुपैयाँ मात्रै झिक्न पाइने छ । यसअघि एक पटकमा अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो ।
गत शनिबार चिनियाँ ह्याकरले एटिएम प्रणाली नै ह्याक गरी एटिएमबाट रकम चोरेपछि राष्ट्र बैंकले नगद झिक्न पाउने सीमा घटाएको हो ।

नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन यस व्यवस्थाले बाधा पुर्याएको नमानिने निर्देशनमा उल्लेख छ ।


  •  
  •  
  •