म्याड्रिड डर्बीको पहिलो लेग बराबरीमा, युभेन्ट्सले मोनाकोलाई हरायो

182
  •  
  •  
  •  

काठमाडौ, २ बैशाख(ओएनएस) :  युरोपीयन च्याम्पिन्स् लिगअन्तर्गत क्वारटफाइनलको पहिलो लेगमा शहरि प्रतिद्वन्द्विहरु रियल म्याड्रिड र एथलेटिको म्याड्रिले गोलरहित बराबरी खेल्दै अंक बाढेका छन् ।

एथलेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलका गारेथ बेलले तेस्रो मिनेटमा गोल गर्ने सुन्दर मौका गुमाएका थिए । बेलको प्रहारलाई एथलेटिकाको गोलकिपर जान आब्लाकरले सुन्दर बचाउ गरेका थिए ।

जानले जेम्स् रोेद्रिगेजको अर्काे प्रहार पनि बचाएका थिए । एथलेटकोका लागि मारियो सुवारेजले पनि मौका गुमाएका थिए ।

दुबै टिमबीच अब दोस्रो खेल रियलको घरेलु मैदान सान्टीयागो बेर्नावेउमा आगामी अप्रिल २२ मा हुनेछ ।

लिगअन्तर्गत अर्काे खेलमा इटालीको युभेन्ट्सले फ्रान्सको मोनाकोलाई १–० ले हरायो । युभेन्ट्सको जीतमा अर्टुरो भिदालले ५७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।


  •  
  •  
  •