एथ्लेटिको म्याड्रिड पराजित, बार्सिलोनालाई फाइदा

783
  •  
  •  
  •  

८ पुस – स्पेनिस ला लिगामा एथ्लेटिको म्याड्रिड स्पानियोलसँग १–० ले पराजित भएको छ ।

शुक्रबार राति स्पानियोलको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको म्याड्रिड स्तब्ध भएको हो । पहिलो हाफ गोल रहित सकिएको खेलमा ८८ औँ मिनेटमा स्पायोनलका सर्जियो गार्सियाले गोल गरेका थिए । खेलमा एथ्लेटिकोले केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न नसक्दा खेल हार्न बाध्य भयो ।

यस हार एथ्लेटिकोलाई महङगो हुने भएको छ । किनभने यस खेलमा जित निकाल्न सकेको भए शिर्ष स्थानको बार्सिलोनासँगको अंक दुरि ३ मा ल्याउने थियो । यस हारबाट भने बार्सिलोनालाई फाइदा भएको छ ।

लिगमा १७ खेल खेलेको एथ्लेटिको म्याड्रिडको ३६ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको भ्यालेन्सियाको ३४ अंक रहेको छ । साथै १५ खेल खेलेको रियल म्याड्रिड ३१ अंक साथ चौथो स्थानमा रहेको छ भने १६ खेल खेलेको बार्सिलोना ४२ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।


  •  
  •  
  •