इराकमा दुई विस्फोट, कम्तिमा ४२ को मृत्यु

91
  •  
  •  
  •  

iraq-bomb-blastकाठमाडौ, २६ साउन(एजेन्सी) : पूर्वी इराकको दियाला प्रान्तमा मंगलबार बिहान दुई वटा विस्फोट हुँदा कम्तिमा ४२ मानिस मारिएका छन् । करीब एक महिना पहिले पनि यहाँ एक हमला भएको थियो ।

पहिलो हमला बगदादबाट उत्तरपूर्वमा ६० किलोमिटर टाढा राजधानी बकूवा नजिकै भएको थियो । प्रहरीका अनुसार एक आत्मघाती कार विस्फोटमा कम्तिमा ३५ जनाले ज्यान गुमाएका छन् भने ७२ जना घाइते भएका छन् ।

दोस्रो हमला कनान गाऊँमा भएको थियो । त्यहाँ एक आत्मघाती आक्रमणकारीले एक आफैलाई उडाईदिएका थिए । आक्रमणमा ७  मानिस मारिएका थिए र १५ जना घाइते भएका थिए । इस्लामिक स्टेट आतंकी समूह यस्ता आक्रमणका सहभागी भइरहेको छ ।


  •  
  •  
  •