एथ्लेटिक्स संघको अध्यक्षमा राजीवविक्रम शाह

455
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीवविक्रम शाह निर्वाचित भएका छन् ।
चितवनमा सम्पन्न अधिवेशनले शाहको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जिल्ला संघको विवादका कारण राष्ट्रिय खेलकुद परिषद्ले एथ्लेटिक्स संघको चुनाव रोक्दै आएको थियो ।
तर गत शनिबारमात्रै संघलाई अधिवेशनका लागि स्वीकृति दिएको थियो ।

नयाँ कार्यसमितिमा जनकबहादुर रावल, दिपक रानाभाट, शैलेन्द्र पाण्डे, तेजेन्द्र थापा, धनबीर चौधरी, गजबहादुर गुरुङ, दिलबहादुर बम, कुमार श्रेष्ठ र जितेन्द्र चौधरी छन् ।


  •  
  •  
  •