एथ्लेटिकोद्वारा सोसिडाड पराजित, बार्सिलोनासँगको दूरी ५

282
  •  
  •  
  •  

काठमाडौ, १९ माघ(ओएनएस) : स्पेनिस ला लिगा फुटबलको गयराती सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोनासँगको दूरी घटाएको छ । सोसिडाडलाई ३-० ले पराजित गर्दै बार्सिलोनासँगको दूरी ५ अंकले घटाएको छ तर, बार्सिलोनाले १ खेल कम खेलको छ ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले खेलको आठौँ मिनेटमा सोसिडाडका रियसको आत्मघाती गोलबाट अग्रता लिएको हो । यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन ।

दोस्रो हाफको पहिलो मिनेटमा नै नियुइजले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए । यसपछि ग्रिजम्यानले खेलको ६१ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेपछि एथ्लेटिको मड्रिडले खेलमा ३-० ले विजयी भयो ।

जितपछि एथ्लेटिकोले २७ खेलबाट ६१ अंक जोडेको छ भने शीर्ष स्थानमा रहेको बार्सिलोनाले एक खेल कम खेल्दै ६६ अंक जोडेको छ ।


  •  
  •  
  •