काठमाडौँ, १६ फागुन(ओएनएस) : स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई पराजित गरेको छ ।
शनिबार राति रियलको खेल मैदान सान्टिएगो बर्नाबाउमा भएको प्रतिष्पर्धामा एथ्लेटिको मड्रिडले रियललाई १-० गोलअन्तरले पराजित गरेको हो । आफ्नै घरेलु मैदानमा रियललाई लगातार तीन पटक हराउने पहिलो क्बल बन्दै एथ्लेटिलोले उपाधी होडमा आफूलाई कायमै राखेको छ । लिगमा दुवैले अब १२-१२ खेल खेल्न बाँकी छ ।
रियललाई पराजित गर्दै इतिहास रच्ने क्रममा एथ्लेटिकोका एन्टोनी ग्रिजम्यानले विजयी गोल गरेका थिए । उनले खेलको ५३ औँ मिनेटमा गोल गर्दै अंकतालिकामा पछाडि पारेको छ ।
यो खेलपछि एथ्लेटिकोले २६ खेलबाट ५८ अंक जोडेको छ भने रियल मड्रिडले समान २६ खेल खेल्दै ५४ अंक जोडेको छ । यता लिग लिडर बार्सिलोनाले भने एक कम खेल्दै ६३ अंक जोडेको छ ।