‘एटीएम’बाट १ करोड २० लाख डकैती गर्ने विदेशी पक्राउ

240
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (ओएनएस) :  विभिन्न बै‌कका एटीएम कार्ड प्रयाेग गरी एक कराेड एक करोड बिस लाख भन्दा बढि रुपैयाँ चोर्ने एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै बुल्गेरिका पेट्रोस्लाभ रिस्टोभलाई सार्वजनिक गरेकाे हाे । उनकाे साथबाट ४० हजार अमरेकिन डलर – ५७ हजार २ सय यूरो ,  १८ लाख नेपाली रुँपैया  गरि एक करोड बिस लाख आठ हजार सात सय बरामद गरिएकाे छ । उनलाई काठमाण्डौकाे त्रिदेवीमार्ग स्थित टेम्पल टाइगर अपाटमेन्टबाट पक्राउ गरिएकाे हाे ।

सो अपार्टमेन्टमा गई कानुन बमोजिम सो शंकित ब्यक्ति बस्ने कोठा नं ०८ को खानतलासी गर्दा विभिन्न मास्टर कार्ड – १७९ थान साथै  कार्डहरुमा लेवल टाँसी पिन नं. समेत उल्लेख गरेको पाईएको प्रहरीले जनाएकाे  छ । साथै उनकाे साथबाट म्याग्नेटीभ स्ट्राइभ कार्ड रिडरऽ २ वटा ल्यापटप थान,  ३ वटा  पनि बरामत गरेकाे छ ।

बिगत केहि समयदेखि केहि बिदेशी ब्यक्तिहरुले अन्य ब्यक्तिहरुको मास्टर/भिजा कार्डसमेतको नम्बर तथा पिन नं. तथा आवश्यक डाटाहरु समेत गैरकानुनी तरिकाले चोरी गरी अन्य कार्डहरुमा सो डाटा राखी नेपालको दरबारमार्ग, ठमेल लगायतका विभिन्न बैंकहरुको एटीएम मेसिनहरुबाट रकम निकाली सो रकम सोही स्थानहरुको मनी चेन्जरमा  गई यूरो तथा डलरमा सटही गर्ने र सो रकमहरु विभिन्न माध्यमहरुबाट नेपाल बाहिर लैजाने गिरोह सक्रिय भएको भन्ने सुचना पाएपछी उनलाई प्रहरीले पछ्याएकाे थियाे ।

गत चैत ६ गते ठमेल स्थित एटिएम मेसिनहरुमा पटक पटक कार्डहरुको प्रयोग गरेको शंकास्पद गतिविधि देखिन आएकोले सोको सिसी टीभीकाे फुटेज  हिमालयन बैंक लिमिटेडबाट प्राप्‍त भएकोले  साेही  हुलिया भएको बिदेशी नागरिकको खोजी गरेकाे थियाे ।  

म‌ंगलबार दिउँसो त्रिदेवीमार्ग एरियामा रहेका विभिन्न बैंकहरुको एटीएम मेसिनमा पस्ने र कम्तिमा १०-१५ मिनेट सो ठाँउमा बसी फेरि अर्कोमा जाने गरेको गतिविधि शंकास्पद हुलिया समेत हिमालयन बैंक बाट सीसीटीभीकाे दिईएको सँग मेल खाएकोले निजको पिछा गर्ने क्रममा उनी पक्राउ परेका थिए । 


  •  
  •  
  •