लिबियामा ट्रक बम विस्फोट, ४० को मृत्यु

191
  •  
  •  
  •  

काठमाडौँ, २३ पुस(ओएनएस) : लिबियामा भएको एक ट्रक बम विस्फोटमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ । लिबियाको पश्चिमी क्षेत्रमा रहेको ज्लिटेन शहरमा रहेको एक प्रहरी तालिम केन्द्रलाई लक्षित गरि गरिएको उक्त आक्रमणमा ती मानिसको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्लिटनका मेयर मिफ्ताह लह्मडीले प्रहरीका लागि तालिम गरिरहेका सयौ मानिस जम्मा भएका बेला उक्त ट्रक विस्फोट भएको बताइएको छ ।

त्यहाँको राष्ट्रिय समाचार सेवा एलएएनएले सरकारले अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टी गरेको छ भने ३० जना घाइते भएको जनाएको छ । यस्तै, लिबियाको प्रतिपक्षी सञ्चारमाध्यमले ५० जना मारिएको र १ सय २७ जना घाइते भएको जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।


  •  
  •  
  •