लमजुङका घिमिरे र पन्तको‘ ‘आँशु आमाको’ सार्वजनिक(हेर्नुहोस् भिडियोसहित)

821
  •  
  •  
  •  

काठमाडौं । लमजुङ बेसीशहर ११ का कमल घिमिरे र पुरुषोत्तम पन्तको ‘आँशु आमाको’ बोलको गीत सार्वजनिक भएको छ ।

आर आर क्रियशन नामक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा किसन काले र मनु सापकोटाको स्वर रहेको छ । उक्त गीतमा किसन कालेकै शब्द र संगीत रहेको छ । गीतलाई अर्जुन थापाले निर्देशन गरेका छन् ।

गीतका सर्जक घिमिरेले गीतमा देशभक्तिको भावनालाई उजागर गरिएको बताए । गीतमा देशमा भएका व्याप्त समस्या, विभिन्न घटनाक्रमलाई समेत समेटिएको छ ।

घिमिरेको यसअघि ‘लाहुरेकी छोरी’ तीज गीत बजारमा आइसकेको छ । घिमिरेले ‘लमजुङ चिति घर’, अभागी कर्म, ‘माछि तालमा छ’ लगायतका बजारमा आउने तरखरमा रहेका छन् ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •