आज नवरात्रीको आठौँ दिन, महाअष्टमी मनाइँदै

343
  •  
  •  
  •  

काठमाडौँ । आज दशैँको महाअष्टमी अर्थात नवरात्रीको आठौँ दिन । आजको दिन दुर्गाको आठौँ स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गरी मनाइँदैछ ।

यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्री मनाइन्छ । घटस्थापनाको दिन वैदिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गर्ने चलन छ ।

आजको दिन शक्तिपीठ, दशैँघर र विभिन्न मन्दिरमा विशेष घुइँचो रहने भएपनि यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले भौतिक दुरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ । त्यसैले राजधानी लगायत देशभरका विभिन्न शक्तिपीठहरुमा भक्तजनलाई दर्शन गर्न दिइएको छैन ।


  •  
  •  
  •