बागमतीकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

59
  •  
  •  
  •  

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाक्यले संविधानको धारा (६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।

प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको भन्दै मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफूले मतविभाजनमा जान नचाहेको बताइन् ।

शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।


  •  
  •  
  •