१५ अस्थायी शिक्षक नियन्त्रणमा

236
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो ।

शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका २०७२ असोज २ पछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी गुम्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।

अस्थायी शिक्षक संघर्ष समितिका प्रदेश नं ३ का संयोजक बहादुरसिंह लामाले शान्तिपूर्ण आन्दोलनमा रहेका साथीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले छुट अस्थायी शिक्षकलाई प्रतिस्पर्धामा लिने वातावरणका लागि नयाँ बन्ने संघीय शिक्षा ऐनमा प्रबन्ध हुनुपर्ने बताए ।


  •  
  •  
  •