ओलीले घुँडा टेक्नैपर्छः अष्टलक्ष्मी शाक्य

44
  •  
  •  
  •  


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली कमरेडबाट तानाशाह बनेको आरोप लगाएकी छन् । प्रज्ञा भवनमा आयोजित यो समूहको काठमाडौं जिल्ला भेलामा शाक्यले प्रतिगमन सच्याउने सँगै ओलीलाई पनि घुँडा टेकाइने चेतावनी दिइन् ।

‘हिजो पनि निरंकुशविरुद्ध लडेका हौं । शासकलाई घुँडा टेक्न बाध्य पारिएको हो । अब केपी ओली तानाशाहले पनि घुँडा टेक्नुपर्छ’, उनले भनिन् । शाक्यले ओलीलाई गद्दार र तानाशाहको संज्ञा दिएकी थिइन् ।

गद्दार र तानाशाह पनि जन्मदो रहेछ कम्युनिस्ट पार्टीमा । अब हामीले यसबाट पाठ सिक्नुपर्छ’, शाक्यले भनिन् । प्रधानमन्त्री ओलीको कदमले कम्युनिस्ट आन्दोलनलाई केहि धक्का लागेको उनले बताइन्। ओली सत्ताबाट झर्न धेरै समय नभएको उनको ठहर छ।


  •  
  •  
  •