स्वाइन फ्लुले तनहुँका एक युवकको मृत्यु

164
  •  
  •  
  •  

काठमाडौं २ माघ ।
स्वाइन फ्लुबाट एक व्यक्तिको मृत्यु भएको छ । यसवर्षको जाडोमा प्रयोगशाला प्रमाणित भएर मृत्यु भएको यो पहिलो घटना हो । व्यास-२ दमौलीका एकजना २६ वर्षीय युवकको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार राति निधन भएको हो ।

शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार जिल्लासँगै विभिन्न अस्पताल हुँदै स्थिति जटिल भएपछि शिक्षण अस्पतालमा ल्याइएको थियो । ‘बिरामीको अत्यन्त जटिलस्थितिले गर्दा संक्रमण नियन्त्रण हुन नसकी मृत्यु भएको,’ ति चिकित्सकले भने ।

पुस १७ गते शुक्रबार एक्कासि ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, रुघाखोकी लाग्ने लगायतका समस्या देखिएपछि २६ वर्षीय ति मुस्लिम युवालाई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल लगिएको थियो । ग्राण्डिले उनलाई शिक्षण अस्पताल पठाएको मृतकका आफन्तले बताए ।

कान्तिपुरबाट


  •  
  •  
  •