कालोपुलमा युवतीमाथि एसिड प्रहार

176
  •  
  •  
  •  

काठमाडौं, १ वैशाख(ओएनएस) : काठमाडौंस्थित कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

प्रतिकात्मक तस्बिर

बुधबार साँझ २० वर्षीया युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार
युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि लगिएको छ ।
प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •